शुक्रबार-शनिबार देशैभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै [तस्बिर]
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २ शुक्रबार
1.5k
Shares
तस्बिर – रासस ।
काठमाडौँ । सरकारले देशैभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाएको छ ।
सरकारले शुक्रबार र शनिबार गरी दुई दिन ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइरहेको हो ।
शुक्रबार खुवाउन छुटेकाले शनिबार खुवाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । ६ महिनादेखि ५ वर्षभित्रकालाई भिटामिन ए र १ वर्षदेखि ५ वर्षभित्रकालाई जुकाको औषधि खुवाइएको हो ।