दुर्लभ कीर्तिमान बनाएका निमा र दावाको भव्य स्वागत [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २८ सोमबार
1k
Shares
काठमाडौँ । नेपाली महिलातर्फ कम उमेरमा पहिलो पटक आठ हजार मिटर माथिका सबै १४ हिमाल आरोहण गरेकी दावा याङजुम र पर्वतारोहणको क्षेत्रमा दुर्लभ कीर्तिमान बनाएका निमा रिन्जी शेर्पालाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
१८ वर्षको उमेरमा विश्वमा रहेका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरेर रिन्जीले कीर्तिमान बनाएका हुन् । तिब्बतको हिमाल आरोहणपछि काठमाडौँ फर्किएका उनलाई विमानस्थलमा भव्य स्वागत गरिएको थियो ।
उनले सन् २०२२ को सेप्टेम्बरमा ८ हजार १६३ मिटर अग्लो मनासलु हिमालको आरोहण गरेर विश्व कीर्तिमान बनाउने आफ्नो यात्रा थालेका थिए।