फोटोजेनिक बीपी राजमार्ग बाढीको कटानपछि सुनसान [फोटोफिचर]
दैनिकीलाई निरन्तरता दिन स्थानीय बाढीले बनाएको पहरोमा ज्यान हत्केलामा राखेर ओहोरदोहोर गर्न बाध्य
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १६ बुधबार
831
Shares
काठमाडौँ । कुनै समय निकै नै चर्चा र फोटोजेनिक राजमार्गको रुपमा चिनिएको बीपी राजमार्ग अहिले पूरै सुनसान छ । शनिबार आएको बाढीले राजमार्ग नै कटान गरेपछि अहिले यहाँ कुनै पनि सवारी चल्न सकेको छैन ।
जहिल्यै पनि सवारी आवतजावत भइरहने यो राजमार्गमा सन्नाटा छाएको छ । यो राजमार्गको निर्माणसँगै सहज अनुभव गरेका स्थानीयर अहिले त्रासमा बाँचिरहेका छन् ।
आफ्नो दैनिकीलाई निरन्तरता दिनको लागि मानिसहरु बाढीले बनाएको पहरोमा ज्यान हत्केलामा राखेर ओहोरदोहोर गरिरहेका छन् । रोशी गाउँपालिका ७ पुग्दासम्म २ ठाउँमा त सडक नै छैन ।
मानिसहरु भीरमा रहेका ढुंगामा आफ्नो ज्यानको बाजी राखेर आवतजावत गरिरहेका छन् ।