सरकारको पूर्व तयारी भन्दा ठूलो विपद् आउँदा केही कमजोरी भयो : प्रधानमन्त्री ओली
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १५ मंगलबार
776
Shares
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको पूर्व तयारी भन्दा ठूलो मात्रामा विपद् आएकाले उद्धार र खोजमा कमीकमजोरी भएको बताएका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले ठुलो विपद् भएकाले कमी कमजोरी भएको हुनसक्ने बताउँदै आगामी दिनमा त्यस्ता कुराहरूलाई सच्याउने प्रतिबद्धता व्यक्त गरेका हुन्।
उनले यो बेलामा जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर खोज, उद्धार, राहत र सहयोगमा साथ दिन आव्हान गरे।
उनले भने- 'यो सरकारको मात्रै होइन, सिङ्गो समाजको दुःखको विषय हो। हामी सबै विपद्का घटनाबाट दुःखी छौँ 'प्रधानमन्त्री ओलीले भने,'कतिपय संरचनागत त्रुटिका कारण पनि क्षतिहरू भएका छन्। आगामी दिनमा संरचना निर्माण गर्दा विपद्को सामना गर्न सक्ने र दीर्घकालीन रूपमा सबल संरचना बनाइनेछ।'