झ्याप्ले खोलाको सडक नखुल्दा बाहिरिने ट्रकको लाइन काठमाडौँको रिङरोडसम्मै
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १५ मंगलबार
641
Shares
काठमाडौँ । धादिङको झ्याप्ले खोलामा पहिरोले बिग्रेको सडक दुई तर्फी खुलाउन भन्दै बन्द गरिएको सडक खुलेको छैन । यसअघि दिउँसो २ बजेसम्मका लागि पूर्ण रुपमा सडक बन्द गरेर सडक मर्मत शुरु गरिएको थियो ।
सडक बन्द हुँदा काठमाडौँ बाहिरिने सवारी साधन अझै नागढुङ्गामा नै रोकिएका छन् । सडक अवरुद्ध बनेपछि मालबाहक ट्रकको लाइनले काठमाडौँको रिङरोड भरिएको छ ।