झ्याप्ले खोलाको पहिरोमा पुरिएका विंगर, बस र माइक्रो भेटिए, २९ शव निकालियो
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १३ आइतबार
607
Shares
धादिङ । धादिङको पृथ्वी राजमार्गको झ्याप्ले खोलामा पहिरोले अहिलेसम्म पुरिएका २९ जनाको शव निकालिएको छ । प्रहरीका अनुसार शनिबार १४ जनाको शव निकालिएकोमा आइतबार अहिलेसम्म १५ जनाको शव निकालिएको हो ।
अहिलेसम्म निकालिएका शव त्रिवि शिक्षण अस्पतालमा पठाइएको र आफन्त बेपत्ता भएका परिवारले प्रमाणपत्रसहित सम्पर्क गरिदिन खानीखोला प्रहरीले अनुरोध गरेको छ ।
झ्याप्ले खोलामा गएको पहिरोमा अहिलेसम्म बुटवलबाट आएको विंगर, गोरखाबाट आएको बस र चितवनबाट आएको माइक्रो बस परेको पुष्टि भएको छ ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पहिरो उत्खनन गर्दा आइतबार बिहान बस र माइक्रो बस भेटिएको हो ।