कोशी ब्यारेजमा पानीको सतह बढ्दै, आकस्मिक बाहेकका सवारी साधनलाई रोक
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १२ शनिबार
561
Shares
सुनसरी। सप्तकोशी नदीको जल सतह बढेसँगै कोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको छ।
शनिवार साँझ सप्तकोसीमा ५ लाख ६० हजार क्युसेक प्रतिसेकेन्ड जल सतह मापन गरिएको थियो। पानीको सतहले पुललाई नाघेपछि पैदल यात्रुसहित आकस्मिक बाहेकका सवारी साधनलाई समेत पुलबाट हिँड्न रोकिएको छ।
सप्तकोशी जल मापन केन्द्रले कोशी ब्यारेजमा हाल एक लाख ५० हजार क्युसेक बहाव हुने बित्तिकै खतराको सूचक भन्दै रातो झन्डा र बत्ती बाल्ने गरिएको छ।