प्राकृतिक प्रकोप बारे छलफल गर्न गृहमन्त्रीले बोलाए केन्द्रिय सुरक्षा समितको बैठक
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १२ शनिबार
1.1k
Shares
तस्बिर : फाइल
काठमाडौँ। गृहमन्त्री रमेश लेखकले बाढी पहिरो सहितका प्राकृतिक प्रकोपमा परेका नागरिकको राहत उद्धार तथा सहायता प्रभावकारी बनाउने लगायतका विषयमा छलफल गर्न केन्द्रिय सुरक्षा समितको बैठक बोलाएका छन्।
केन्द्रिय सुरक्षा समितको बैठक आज बिहान १०: ३० बजे सिंहदरवारस्थित गृहमन्त्रालयमा बस्दै छ।
साथै गृहमन्त्री लेखकले मुलुकका विभिन्न स्थानमा भइरहेको वर्षा,बाढी पहिरो र डुबानको समस्याबाट जनधनको क्षति हुनका साथै प्राकृतिक जोखिमबाट जनजीवन अस्तव्यस्त बनेको परिस्थितिमा सर्तक रहन र सुरक्षित स्थानमा बसी उच्च सर्तकता अपनाउन आग्रह समेत गरेका छन्।