काठमाडौँ–मुग्लिङ सडकखण्डमा एक दर्जनभन्दा बढी स्थानमा पहिरो
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ११ शुक्रबार
611
Shares
काठमाडौँ । बिहीबार साँझदेखि परेको अविरल वर्षाका कारण देशका सयौँ सडक खण्ड पहिरोले अवरुद्ध भएका छन् । सो क्रममा काठमाडौँ–मुग्लिन सडक खण्डमा एक दर्जन भन्दा बढी स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।
यस सडकखण्डमा कोइराले, ८ किलो, नागढुङ्गा, सुरुङमार्ग लगायतका लगायसका ठाउँमा खसेको पहिरोका कारण यातायात अवरुद्ध रहेको छ । प्रहरीले पहिरो पन्छाएर सडक चालु गर्ने प्रयास जारी रहेको बताए पनि तत्काल सडक खण्ड चालु हुने सम्भावना कम रहेको छ ।
वर्षा नरोकिएकाले अत्यावश्यक बाहेक यात्रा नगर्नसमेत प्रहरीले आग्रह गरेको छ ।
आइतबारसम्मै वर्षा हुने भएकाले सचेतना अपनाउन पनि आग्रह गरिएको छ ।