arrow

सुशासनसम्बन्धी स्थानीय निकायलाई सहजीकरणमा जोड

logo
प्रकाशित २०७३ पुष १ शुक्रबार
rolpa-liwang.jpeg
लिबाङ । रोल्पा जिल्लामा सञ्चालित कार्यक्रमहरुको सहजीकरणमा स्थानीय निकायमा नीतिगत तथा कानुनी व्यवस्था पालना अनुगमन कार्यक्रम निकै प्रभावकारी देखिएको छ । नेपाल सरकार सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको आर्थिक सहयोगमा मानव अधिकार सचेतन केन्द्र हुरेक रोल्पाद्धारा दुई वर्षअघिदेखि सञ्चालित यस कार्यक्रम एक नगरपालिका र ३१ वटा गाविसमा कार्यान्वयनमा रहेको छ । 
 
कार्यक्रमले स्थानीय निकायमा नीतिगत अवस्था जवाफदेहिताका औजार तथा सुशासनसम्बन्धी स्थानीय निकायलाई सहजीकरण गर्ने काम गर्दै आएको कार्यक्रम संयोजक विनोद रिजालले जानकारी दिए । सूचना पाटी, सार्वजनिक सुनुवाइ, सार्वजनिक परीक्षण, नागरिक वडापत्र, गुनासो वा सुझावपेटिका, बहिर्गमन अभिमत पत्र, नागरिक अभिमत पत्र, लैङ्गिक उत्तरदायी बजेट आदिका प्रक्रियाका बारेमा यस कार्यक्रममार्फत नागरिकलाई सचेत पार्ने काम गरिन्छ । 
 
यसबाट सेवा प्रदायक निकायमा नागरिक तथा नागरिक समाजको सकारात्मक, सिर्जनात्मक र आलोचनात्मक सहभागिता वृद्धि गर्न सहयोग पु¥याउँदै आएको सरोकारवालाले बताएका छन् । यसरी कार्यक्रममार्फत समयसमयमा नागरिक सचेतना केन्द्र वडा नागरिक मञ्च र जिल्लामा क्रियाशील राजनीतिक दललाई जवाफदेहिताका औजारसम्बन्धी तालिम दिँदै आएको पनि रिजालले बताए ।
 
 यसले नागरिकलाई विकास निर्माण प्रक्रियामा अधिकतम सहभागी गराई अपनत्वबोध गराउन सहयोग गर्दै आएको सहभागीको भनाइ छ । 
 
आगामी असारसम्म जिल्लामा सञ्चालनमा रहने परियोजनाको यस आवको हालसम्म करिब ४५ प्रतिशत काम सम्पन्न भएको बताइएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ