यस्तो छ सहकारी प्रकरणबारे संसदीय छानबिन समितिको प्रतिवेदन [पूर्णपाठ]
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ४ शुक्रबार
2.5k
Shares
काठमाडौँ । सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । सूर्य थापा नेतृत्वमा रहेको समितिले पूर्ण प्रतिवेदन शुक्रबार सार्वजनिक गरेको हो ।
प्रतिनिधिसभाको वेबसाइटबाट सार्वजनिक गरिएको प्रतिवेदनमा सरोकारवालाको बयान, समितिको निष्कर्ष र सुझावसहितका विषय उल्लेख छन् ।
जसमा सहकारी प्रकरणमा २९ जना फरारको सूचीमा रहेको संसदीय छानबिन विशेष समितिले जनाएको छ । समितिले तयार पारेको प्रतिवेदनमा जीबी राईसहित २९ व्यक्ति फरारको सूचीमा रहेको र उनीहरुलाई उपलब्ध गराइदिनुहुन सरकारलाई निर्देशन दिइएको जनाइएको छ ।
उक्त प्रतिवेदनमा लिइएका बयान सबै उल्लेख गरिएको छ ।