नबिल बैङ्कका ग्राहकलाई र्याडिसन होटेलमा २० प्रतिशतसम्म छुट
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ३ बिहिबार
749
Shares
काठमाडौँ। नबिल बैङ्क लिमिटेडका ग्राहकले र्याडिसन होटेलमा उपलब्ध हुने सेवा सुविधामा विशेष छुट पाउने भएका छन्। नबिल बैङ्क र र्याडिसन होटेल बीच भएको दुई पक्षीय समझदारी अनुसार यस्तो व्यवस्था गरिएको हो।
नबिल बैङ्कको तर्फबाट रिटेल ट्रान्जेक्सन विभाग प्रमुख नीरज शर्मा र र्याडिसन होटेलको तर्फबाट फुड एण्ड बेभरेज निर्देशक केदार पाण्डेले समझदारीमा हस्ताक्षर गरेका छन्।
समझदारीअनुसार नबिल बैङ्कका ग्राहकले र्याडिसन होटेलमा सेवा सुविधाको भुक्तानी गर्दा नबिलको डेबिट कार्ड, क्रेडिट कार्ड, एनबैङ्क, तथा एटिएम कार्ड प्रयोग गर्दा २० प्रतिशतसम्म छुट दिइने भएको छ। यस्तो छुट खानेकुरा र पेय पदार्थ, पेस्ट्री पसल, स्पा तथा जिम सेवामा हुने समझदारीमा उल्लेख गरिएको छ।
नबिल बैङ्क नेपालको एक अग्रणी वाणिज्य बैङ्क हो भने र्याडिसन होटेल आतिथ्य सेवा (हस्पिटालिटी) उद्योगमा विशिष्ट सेवा दिने परिचित संस्था हो। र्याडिसन होटेलसँगको यस समझदारीले बैङ्कका ग्राहकहरूले लिने सेवा तथा सुविधामा विशेष सहुलियत पुग्ने नबिल बैङ्कले जनाएको छ। ग्राहकको हितलाई केन्द्रमा राखेर यो समझदारी गरिएको नबिलको भनाइ छ।
नबिल बैङ्क नेपालको अग्रणी वाणिज्य बैङ्कहरूमध्ये एक हो। बैङ्कले २४ लाख भन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३१७ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ। नबिल बैङ्कले ४० वर्ष देखि नेपाली बैङ्किङ क्षेत्रमा नवीनतम सेवाहरूको सुरुवात गर्दै महत्त्वपूर्ण भूमिका खेलेको छ। बैङ्कले नेपालको बैङ्किङ विकासमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ।