- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । सहरलाई विभिन्न रुपमा परिभाषित गर्न सकिन्छ । व्यवस्थित, आधुनिक र सुविधायुक्त बसोवास भएको सुन्दर बस्ती नै सहर हो । सहरमा विकास निर्माणका प्रक्रिया तीव्र रूपमा अघि बढिरहेका हुन्छन् ।
राज्यका विशाल संरचना पनि त्यही सहरमा बनाइएको हुन्छ । राज्यले प्रदान गर्ने मुख्य सेवा–सुविधा सहरमै केन्द्रित हुन्छन् । हामीकहाँ सहरको विकासलाई हेर्ने हो भने व्यावसायिक र प्रशासनिक केन्द्रको रूपमा सहर विकास भएको देखिन्छ ।
अहिले धेरै गाउँघर सहरीकरण भइरहेका छन् । यो विश्वकै स्थिति हो भन्दा पनि हुन्छ । अरु देशका अभ्यासलाई हेर्ने हो भने एउटै सहरमा करोडौं मानिसको बसोवास पनि भइरहेको देखिन्छ ।
पुरानो काठमाडौँ र अहिलेको काठमाडौँमा धेरै फरक पाइन्छ । पुरानो काठमाडौँको सौन्दर्यता अहिले मासिएको छ । जथाभावी फोहर, अस्तव्यस्त भवन निर्माण आदिले सहरको सौन्दर्यता मेटिएको छ ।
एकै किसिमका घरहरु छैनन् । निर्माण गतिविधि झनै अस्तव्यस्त छ । त्यसको प्रमाण काठमाडौँका अग्ला घरहरुबाट एक पटक नियाल्दा स्पष्ट हुन्छ ।
त्यसै काठमाडौँ सहरलाई कंक्रिटको सहर भनिएको होइन । पुरानो काठमाडौँ हेर्दा युरोप जस्तै देखिन्थ्यो तर अहिले कंक्रिटको पहाड बनेको छ । (तस्बिर-न्युज एजेन्सी नेपाल)