केन्द्रको अढाइ महिनाको विछोडपछि बल्ल छाड्यो माओवादीले कोशीको समर्थन
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १४ शुक्रबार
808
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । शुक्रबार माओवादी कोशी प्रदेश संसदीय दलले सरकारलाई दिइएको समर्थन फिर्ता लिएको जानकारी गराएको हो ।
केन्द्रमा कांग्रेस–एमाले को गठबन्धन बनेको अढाइ महिनापछि बल्ल माओवादीले कोशीमा दिएको समर्थन फिर्ता लिएको हो । कोशीमा एमालेकै सरकार रहे पनि कांग्रेस भने अहिलेसम्म सरकारमा गएको छैन । आपसी भागबण्डामा कुरा नमिलेको भन्दै कांग्रेसले सरकारमा जान आनाकानी गरिरहेको छ ।
यद्यपि माओवादीले समर्थन फिर्ता लिएपछि अब कांग्रेसलाई पनि सरकारमा सहभागी हुन सजिलो हुनेछ ।