arrow

पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयनका लागि पहल गरिने

logo
प्रकाशित २०७३ मंसिर २७ सोमबार
Journalist-Step-5.jpg.jpeg
काठमाडौँ । न्यूनतम पारिश्रमिक निर्धारण समितिले सरकारले निर्धारण गरेको आमसञ्चार प्रतिष्ठानमा कार्यरत पत्रकार र कर्मचारीको न्यूनतम पारिश्रमिक पूर्ण कार्यान्वयनका लागि पहल गर्ने भएको छ । 
 
नेपाल पत्रकार मञ्चले सोमबार यहाँ आयोजना गरेको ‘आधारभूत समाचार तालिम’को समापन गर्दै समितिका अध्यक्ष पोषण केसीले न्यूनतम पारिश्रमिक कार्यान्वयन भए नभएको बारेमा अनुगमन गरिने जानकारी दिए । 
 
मञ्चका अध्यक्ष युवराज विद्रोहीले पत्रकार देशको चौथो अङ्ग भएकाले पहरेदारको भूमिका निर्वाह गर्नुपर्ने औँल्याए । मञ्चले एक हप्तासम्म आयोजना गरेको उक्त कार्यक्रममा रसुवाका १८ प्रशिक्षार्थी सहभागी थिए ।रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ