arrow

पिपरा गाबिस खुला दिशामुक्त घोषणा

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७३ मंसिर २६ आइतबार
toilet.png.png
कपिलबस्तु । जिल्लाको सिमावर्ती पिपरा गाबिसलाई खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ । गाबिसमा रहेका सबै घरधुीमा शौचालय निर्माण गरिए पछि पिपरालाई भब्य समारोहका बिच जिल्ला कै २७ औ र क्षेत्र नम्बर २ को सातौं गाबिसकारुपमा खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको हो । साबुन पानीले हात धोएर कार्यक्रमको उद्घाटन गदै सांसद अतहर कमालले सबै मिलेर जिल्लालाई सन २०१७  भित्रै खुला दिशामुक्त क्षेत्र बनाउनुपर्ने बताए ।
 
आफनो आनबानीमा परिवर्तन ल्याई शौचालय भित्रै शौच गर्न उहाले सबैलाईै आग्रह गरे । सो अवसरमा गाबिस स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिका अध्यक्ष तथा गाबिस सचिव श्याम कुमारकमातले गाबिसमा रहेका ७ सय ३५ घरधुरीमा शौचालय निर्माण भएको प्रतिबेदन पेश गर्दै गाबिस खुला दिशामुक्त क्षेत्र भएको घोषणा गरे  । ३ बर्ष देखि गाबिसमा शौचालय निर्माण अभियान संचालन गरिएकोमा अहिले त्यसले सार्थकता पाएको सचिव कमातले बताए  । अभियान संचालन भए पछि गाबिसले रिङ, प्यान, पाईप लगायतका सामाग्री बितरण गरिएको हो । 
 
जिल्ला स्तरीय खानेपानी स्वच्छता सरसफाई समन्वय समितिको तर्फबाट निमित स्थानीय बिकास अधिकारी राम चन्द्र ढकालले गाबिसलाई खुला दिशामुक्त क्षेत्र घोषणाको सम्मान र  प्रमाण पत्र प्रदान गरेका थिए । त्यस्तै जिविसका योजना अधिकृत रामचन्द्र ढकाल र  फोकल पर्सन निरन्जन पौडेलले  गाविसलाई ३ लाखको चेक प्रदान गरेका थिए  ।
 
त्यस्तै पुर्व मन्त्री दानबहादुर चौधरीले स्थानीयको सक्रियतामा नै विकास हुने हुदा सवै मिलेर समाजको विकासमा लाग्नु पर्ने बताए । थियो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विष्णस प्रसाद ढकालले  विकासको पहिलो खुडकिलो सरसफाईमा सबै मिलेर लाग्नु पर्ने बताए  । जिल्लालाई तोकिएको सयममा नै खुला दिशामुक्त बनाउन सबैको साझा प्रयास आवश्यक रहेको उहाको भनाई थियो । 
 
गाबिस सचिव कमातको अध्यक्षता, राम मनोहर शाहको संचालनमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकाल, निमित स्थानीय विकास अधिकारी ढकाल,  खानेपानी तथा सरसफाई सव डिविजन कार्यालयका युद्ध बहादुर गुप्ता,  नेपाली कागे्रसका परमेश्वर पाठक संघिय समाजबादी फोरमका शहस राम यादव युवा नेता दिपक पाण्डेय लगायतले् शुभकामना दिएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ