arrow

तिनाउले तर्साउँदै, सैनामैना डुबानमा

logo
नारायण वली,
प्रकाशित २०८१ भदौ ४ मंगलबार
tinau-81-5-4.jpg

बुटवल  । रुपन्देहीको सैनामैना क्षेत्र डुबानमा परेको छ । सोमबार रातिदेखि परेको अवरल वर्षाका कारण उक्त क्षेत्र डुबानमा परेको हो । पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत रामापुर, कलौनी, सालझण्डी र फायरलाईन जंगल क्षेत्रसमेत जलमग्न हुँदा सवारीसाधन आवागमनमा कठिनाइ हुनुको साथै सडक नदेखिँदा दुर्घटनाको जोखिम बढेको छ । 

सैनामैनाका अधिकांश क्षेत्र र कलौनी बजारका पसलहरुमा पानी पसेको, रातिमासमेत यस्तै पानी परिरहे खतरा रहेको र रात्रीकालिन सवारी आवागमनमा उच्च जोखिम बढेको सन्दीप गुप्ताले बताएका छन् । 

यता बुटवलको तिनाउ नदीमा बढेको पानीको बहावले तटीय क्षेत्रका बासिन्दाहरुमा जोखिम बढेको बुटवल उपमहानगरपालिका ११ का वडाध्यक्ष रामचन्द्र खनालले बताए । 

वडाध्यक्ष खनालले पानीको वहाब बढ्दै गएकाले रातिको समयमा नदी किनारमा हुनसक्ने जोखिममा मध्यनजर गर्दै सुरक्षित स्थानमा बस्न वडाबासीहरुलाई आग्रह गरेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ