-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । बलिउड अभिनेता शाहरुख खान यतिबेला आफ्नो आगामी फिल्म ‘किंग’ लाई लिएर चर्चामा छन् । फिल्ममा शाहरुखकी छोरी सुहाना खान पनि देखिनेछिन् ।
अभिनेता अभिषेक बच्चन ‘किंग’ मा नकारात्मक भूमिकामा देखिनेछन् । सुजोय घोषको निर्देशनमा बनेको यो फिल्म आगामी वर्ष रिलिज हुनेछ ।
शाहरुखले टाइम्स नाउलाई दिएको अन्तर्वार्तामा यो फिल्ममा ग्याङ्स्टरको भूमिका निभाउने खुलासा गरेका छन् ।
अभिनेताले यो एक एक्सन ड्रामा फिल्म भएको र यस्तो फिल्म बनाउन लामो समयदेखि पर्खिरहेको बताए ।
यसअघि शाहरुख खानले ‘रईस’ र ‘डन’ जस्ता फिल्ममा ग्याङ्गस्टरको भूमिका निर्वाह गरेका थिए ।