arrow

के हो गुगलको वेलुन प्रोजेक्ट

logo
प्रकाशित २०७२ पुष २ बिहिबार
loon-1_1450333706.jpg.jpeg
ग्याजेट डेक्स । गुगलका सीईओ सुन्दर पिचाईले  इन्टरनेट र वाइफाइलाई सहज रुपमा प्रयोगमा ल्याउन वेलुन प्रोजेक्ट भारतमा सुरु गर्ने बताएका छन् । यस कार्यको लागि गूगलले  बीएसएनएलसँग मिलेर काम गर्ने बताएको छ ।
 
के हो वेलुन प्रोजेक्ट ?
 
ये है Google का लून प्रोजेक्ट, बैलून से मिलेगी इंटरनेट कनेक्टिविटीसंसारकै सबैभन्दा ठुलो सर्च इन्जिन गूगलले  वेलुन प्रोजेक्टमा काम गरिरहेको छ । यस प्रोजेक्टमा बेलुनको माध्यमवाट  इन्टरनेट कनेक्टिभिटी दिइनेछ । यसमा आकाशमा रहेको  बेलुनहरु बिच नेटवर्क रहनेछ ।  १५  मीटर व्यास भएका बेलुन जमिनवाट २० किलोमिटरको  उंचाईमा रहनेछ । यसको लागि सामुहिक रुपमा  बेलुन उडाइनेछ । हरेक बेलुनको माथि  एन्टीना रहनेछ जसले  सिग्नल लिनेछ र जमीनमा रहेका कम्प्यूटर सिस्टममा  सिग्नल ट्रान्सफर गर्नेछ । एक देखि अर्को  वेलुन ४० किलोमीटरको दुरिमा रहनेछ । यानी ४०  किलोमीटर सम्मको दुरिमा सजिलैसँग इन्टरनेटको प्रयोग गर्न सकिनेछ ।
 
सस्ताो मुल्यमा इन्टरनेट
 
गुगलले गरेको दावी अनुसार आकाशमा उडेका बेलुनवाट  सिग्नल  राम्रो हुनुका साथै  इन्टरनेटको  स्पीड पनि तिव्र हुनेछ । यसलाई हरेक ठाउमा  इन्टरनेटको पहुंच बनाउन पनि सजिलो हुनेछ । यस प्रविधिवाट सिधै कम्प्युटरमा इन्टरनेट चलाउन सकिने भएकाले यसको प्रयोगवाट प्रयोगकर्ताहरुमा लाग्ने   खर्च पनि बच्नेछ । यस प्रविधिको प्रयोगले  इन्टरनेटको  पहुंचमा नरहेका  मानिसहरुलाई पनि  पहुचमा ल्याउन सहज हुने गुगलले जनाएको छ  । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ