लुम्बिनी । मंगलबार दिउँसो परेको वर्षातका कारण बुटवलको अमरपथ जलमग्न भएको छ । करिब एक घण्टा परेको पानीले अमरपथ सडकमा खोला झैं पानी बगेको थियो ।
स्थानीय खोलालाई मिचेर बनाइएका सरकारी तथा निजी भवनका कारण साँघुरिएका खोलामा पानीको सतहमाथि आएपछि सामान्य वर्षामा पनि बुटवलको अमरपथ डुबानमा पर्ने गरेको छ ।
सडकमा पानीको सतह बढ्दै गएपछि व्यापारीहरुलाई पसलका सामान जोगाउन सकस परेको थियो ।