arrow

सामान्य वर्षातले पनि अमरपथ जलमग्न

logo
नारायण वली, 
प्रकाशित २०८१ साउन २९ मंगलबार
rain-butwal-amarpath.jpg

लुम्बिनी ।  मंगलबार दिउँसो परेको वर्षातका कारण बुटवलको अमरपथ जलमग्न भएको छ । करिब एक घण्टा परेको पानीले अमरपथ सडकमा खोला झैं पानी बगेको थियो । 

स्थानीय खोलालाई मिचेर बनाइएका सरकारी तथा निजी भवनका कारण साँघुरिएका खोलामा पानीको सतहमाथि आएपछि सामान्य वर्षामा पनि बुटवलको अमरपथ डुबानमा पर्ने गरेको छ । 

सडकमा पानीको सतह बढ्दै गएपछि व्यापारीहरुलाई पसलका सामान जोगाउन सकस परेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ