arrow

नागाको इन्गेजमेन्ट, सामन्था मौन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २५ शुक्रबार
naga-chaitanya-engagement.jpg

मुम्बई । अभिनेत्री सामन्था रुथ प्रभुका पूर्व पति तथा अभिनेता नागा चैतन्यले बिहीबार अभिनेत्री शोभिता धुलिपालासँग इन्गेजमेन्ट गरेको खबर बाहिरिएको छ ।

जसका तस्बिरहरू अभिनेता नागा चैतन्यका पिता तथा सुपरस्टार नागार्जुनले इन्स्टाग्राममा शेयर गरेका थिए । यसपछि सामाजिक सञ्जालमा फ्यानहरूले बधाई दिन थालेपछि इन्टरनेटमा ट्रोलर्सले ट्रोलसमेत गर्न शुरु गरेका छन् ।

यसैबीच उनको इन्गेजमेन्टको खबरपछि पूर्व पत्नी तथा अभिनेत्री सामान्थाले के पोस्ट गर्छिन् भन्नेमा फ्यानहरूको नजर रहेको छ । 

इन्स्टाग्राममा सामन्थाले विनेश फोगटले कुस्तीबाट संन्यास लिएको खबर साझा गरेकी थिइन । तर पूर्व पतिका बारेमा उनले अहिलेसम्म कुनै प्रतिक्रिया दिइसकेकी छैनिन् । 

बिहीबार बिहान अभिनेता नागा चैतन्यले आफ्नी प्रेमिका शोभिता धुलिपालासँग परिवार र विशेष साथीहरूको उपस्थितिमा विवाह गर्ने खबरहरू बाहिरएको थियो।

 यसपछि अभिनेता नागार्जुनले इन्स्टाग्राममा दुई तस्बिर शेयर गरेका थिए, जसमा सुपरस्टार छोरा नागा र भावी बुहारी शोभितासँग पोज दिइरहेका थिए । जबकि दोस्रो फोटोमा जोडीको सुन्दर तस्बिर थियो ।

यता सामन्थाले विनेश फोगटमा तस्विर राखेर अन्य कुरा लेखिरहेकी छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ