arrow

फैलदै कीटजन्य तथा पानीजन्य रोगको संक्रमण

देशभर २३ सय ६५ डेंगी संक्रमितमध्ये एक जनाको मृत्यु, ३० जनामा हैजा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २२ मंगलबार
dengue--ji-ha.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । देशभर कीटजन्य तथा पानीजन्य रोगको सङ्क्रमण बढ्दै गएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले डेंगीबाट एक जनाको मृत्यु भएको जनाएको छ ।

गत पुसदेखि हालसम्म देशभर दुई हजार तीन सय ६५ जना डेंगी सङ्क्रमित छन् । डेंगी सङ्क्रमण ७३ जिल्लामा फैलिएको छ ।

कोशी प्रदेशमा पाँच सय ३७, मधेसमा ४६, बागमतीमा सात सय ४७, गण्डकीमा पाँच सय आठ, लुम्बिनीमा दुई सय ४७, कर्णालीमा ३८ र सुदूरपश्चिममा दुई सय ४२ जना सङ्क्रमित भएका हुन् । 

काठमाडौँ उपत्यकामा दुई सय ८७, कास्कीमा एक सय ३७,  झापामा एक सय ३३, चितवनमा एक सय १६ र तनहुँमा एक सय १० जना सङ्क्रमित छन् ।

त्यसैगरी  हैजा सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ । देशभर ३० जनामा हैजा पुष्टि भएको ईडीसीडीले जनाएको हो । हालसम्म हैजाबाट कसैको पनि मृत्यु भएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ