आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने सरकारको निर्णय
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १८ शुक्रबार
1.8k
Shares
तस्बिर : फाइल
काठमाडौँ। सरकारले आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने भएको छ। रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा गृह मन्त्रालयले उक्त निर्णय गरेको हो।
२०८० माघ २९ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार भोलिका लागि बिदा तय गरिएको हो। राजपत्रमा केही विशेष दिनका लागि बिदाको घोषणा गरिए पनि तिथि तय नहुँदा बिदा दिने दिन भने तोकिएको हुँदैन। यस्तो बिदा दिने निर्णय गृह मन्त्रालयले गर्दै आएको छ।
गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उक्त दिन काठमाडौँ उपत्यका अन्तर्गत तीन वटा जिल्लाभित्र सार्वजनिक बिदाको निर्णय लागु हुनेछ।