-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति कुसुमदेवी थापा मगरले पद तथा गोपनीयताको शपथ लिएकी छिन् ।
बुधबार संसद सचिवालयमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेले थापालाई शपथ दिलाएका हुन् । थापा निर्विरोध समितिको सभापति चुनिएकी थिइन् ।
तत्कालीन सभापति डा आरजू राणा देउवा परराष्ट्र मन्त्री बनेपछि सो पद रिक्त थियो ।