arrow

बाढीले बगाएर ल्याएको शव बल्खु पुल मुनि 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १६ बुधबार
bishnumati-81-4-31.jpg
तस्बिर– बुधबार बिहान विष्णुमती नदीमा पानीको बहाब बढेर नयाँबसपार्क क्षेत्रको विष्णुमती नदी छेउँका बस्तीमा पानीपरेपछि हिलाम्मे भएका सडक सफा गर्दै स्थानीय ।

काठमाडौँ । काठमाडौँको बल्खु पुल मुनि एक जना पुरुषको शव फेला परेको छ । बुधबार बिहान बस्खुस्थित पुल मुनि बाढीले बगाएर ल्याएको अवस्थामा एक जनाको शव फेला परेको कालीमाटी प्रहरी वृत्तले जनाएको छ ।

बाँके घर भई मृतक सुकुम्वासीमा बस्ने ४५ वर्षीय राम सरुप महतोको शव फेला परेको हो । कालीमाटी प्रहरी वृत्तका अनुसार उक्त शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ । मृतका आफन्त पनि सम्पर्कमा आइसकेको प्रहरीले जनाएको छ ।

मङ्गलबार रातीदेखि परेको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका विभिन्न खोला किनारा डुबानमा परेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ