arrow

काठमाडौंमा उपचार गर्न नसकेपछि जन्मथलो फर्किए गायक गुरुदेव कामत

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १५ मंगलबार
gurudev-kamat-.jpg

काठमाडौँ। नेपाली शास्त्रीय सङ्गीत क्षेत्रमा परिचित व्यक्तित्व गुरुदेव कामतको उपचारका लागि आर्थिक अभाव भएको छ । विगत केही महिनादेखि मिर्गौलामा देखिएको समस्याका कारण काठमाडौँमा उपचार गराइरेका उनी आर्थिक समस्या भएपछि जन्मथलो सिरहाको पोखरभिन्डा फर्किएका छन् । 

दुई साताअघि घर फर्किएका कामतको लहानस्थित अस्पतालमा डायलासिस भइरहेको छोरा परमेन्द्रकुमार कामतले जानकारी दिए । उनले भने,“बुबालाई जतिसक्दो छिट्टै मिर्गौला प्रत्यारोपण गर्न डाक्टरले सुझाव दिनुभएको छ तर आर्थिक अभावले प्रत्यारोपण गर्न सकेका छैनौँ । डायलासिस गरिरहे पनि उनको स्वास्थ्य अवस्था दिनानुदिन कमजोर हुँदै गएको छ ।” 

सुरुआती दिनमा बुवाका शिष्यबाट प्राप्त सहयोगले उपचार गरे पनि थप रकम नजुट्दा समस्या भएको कामतले बताए । “अहिले हामीलाई करिब रु ३० लाख चाहिएको छ । परिवारको आर्थिक अवस्था कमजोर भएकाले सो रकम हामीसँग छैन । त्यसैले विभिन्न व्यक्ति, संस्था र सरकारलाई पनि सहयोगका लागि अपिल गरिरहेका छौँ । बुवालाई बचाउँन सबैको सहयोग आवश्यक छ”, कामतले भने । 

शास्त्रीय सङ्गीतमा निकै श्रद्धा गरिने सम्मानित व्यक्ति गुरुदेवको दुवै मिर्गौलामा समस्या देखिएको छ । गत चैतमा समस्याको पहिचान भएपछि उनी काठमाडौँमा बसेर उपचार गराइरहेका थिए तर आर्थिक सङ्कटको सामना गर्नुपरेपछि दुई साताअघि स–परिवार काठमाडौँ छोडेका छन्। 

आर्थिक अभावकै कारण जन्मथलो फर्किएको जानकारी पाएपछि गुरुदेवसँग नजिक रहेका कवि एवं मुक्तककार मुकुन्द पौडेलले सहयोगका लागि पहल गरिरहेको बताए । “हालै उहाँका शुभेच्छुक केही व्यक्ति जम्मा भएर सहयोगका विषयमा छलफल गरेका छौँ । उहाँका शिष्य, शुभेच्छुकले सहयोग गर्नुभएमा उपचार गर्न सकिन्छ भन्ने हाम्रो बुझाई हो”, कवि पौडेलले भने ।

शास्त्रीय गायक कामत नेपाल–भारत क्षेत्रमा प्रख्यात छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ