ग्लोबल आइएमई बैङ्क ‘युरो मनी अवार्ड फर एक्सलेन्स, २०२४’ को दुई विधामा सम्मानित
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ८ मंगलबार
1k
Shares
तस्बिर : फाइल
काठमाडौँ। ग्लोबल आइएमई बैङ्क लिमिटेड ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत वेस्ट बैङ्क नेपाल र वेस्ट बैङ्क ईएसजी (वातावरण, सामाजिक र सुशासन) नेपाल विधाबाट सम्मानित भएको छ।
यो वर्षको अवार्डसँगै ग्लोबल आइएमई बैङ्क दोस्रो पटक वेस्ट बैङ्क नेपाल अवार्डबाट सम्मानित भएको हो। यसअघि पनि ग्लोबल आइएमई बैङ्कले ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२२– वेस्ट बैङ्क नेपाल’ प्राप्त गरेको थियो।
सन् १९९२ मा युरो मनी म्यागजिनद्वारा स्थापित यो अवार्ड बैङ्किङ क्षेत्रको एक प्रतिष्ठित अवार्ड हो। युरो मनी म्यागजिन बैङ्किङ क्षेत्रको गहकिलो विश्लेषण, सुझाव र समालोचनाका लागि प्रख्यात छ। युरो मनी समूहमा बैङ्क तथा वित्तीय क्षेत्रका ख्यातिप्राप्त तथा अनुभवी व्यक्तिहरू छन्।
यसै वर्ष ग्लोबल आइएमई बैङ्कलाई ग्लोबल फाइनान्सले पनि उत्कृष्ट बैङ्क अवार्ड २०२४ बाट सम्मानित गरेको थियो।
युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ लगायतका अन्य विभिन्न अवार्डहरूले ग्लोबल आइएमई बैङ्कलाई भविष्यमा अझ उत्कृष्ट सेवा तथा सुविधा प्रदान गर्न उत्प्रेरित गर्दछ।