- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्यूरोड क्षेत्रका सडकमा गरिने दुई पाङ्ग्रे सवारी पार्किङ हटाएपछि अहिले गल्ली गल्ली र चोकहरु पार्किङस्थलको रुपमा परिणत भएका छन् ।
विशेष गरी महानगरपालिकाभित्र बसन्तपुर दरबार स्क्वायर क्षेत्रका गल्ली, काष्ठमण्डव वरिपरिका क्षेत्र, मारुहिती क्षेत्र अहिले पार्किङस्थलै बनेका छन् ।
त्यस्तैगरी संकटा मन्दिर क्षेत्र पनि पार्किङ स्थल बनिसकेको छ ।
सांस्कृतिक नगरिको रुपमा परिचित काठमाडौँ महानगरका सम्पदाहरु मोटरबाइक र स्कुटरले छोपिएको छ ।
यसरी गल्ली र चोकहरुमा पार्किङ गर्नाले हिँड्ने सर्वसाधरणलाई असर परेकै छ भने नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले के सन्देश र सूचना लिने हो यो कुरा पनि सम्बन्धित निकायले ध्यान दिन आवश्यक देखिएको छ ।
यसको विकल्पमा महानगरले सुन्धारामा पार्किङको निःशुल्क व्यवस्था गरिदिएको छ तर सुविधाको भोगीले एक पाइला हिँड्ने चेष्टा नगर्दा यो दृष्य देखिएको हो । (नेपाल फोटो लाइब्ररी)