अत्यधिक मदिरा सेवन गरेका गायक राईलाई विमानले फर्कायो
हाम्रा कुरा
प्रकाशित २०८१ असार १३ बिहिबार
3.2k
Shares
काठमाडौँ। गायक राजेश पायल राईलाई मदिरा सेवन गरेको भन्दै उड्न लागेको विमानबाट झारिदिएको छ।
फ्लाई दुबईको पूर्वनिर्धारित आज दिउँसो १२ बजे उडानबाट दुबई जान लागेका गायक राईले अत्यधिक मदिरा सेवन गरेको पाइएपछि अर्को उडानमा जान भन्दै झारेको विमानस्थल स्रोतले जनाएको छ ।
अब उनी केही समयपछि अर्को उडानमा त्यसतर्फ जाने बताइएको छ ।
गायक राई मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा केही समयअघि पक्राउ समेत परेका थिए ।