पोखरा । त्रिभुवन विश्वविद्यालय विश्वविद्यालय क्याम्पस कीर्तिपुरको स्वतन्त्र विद्यार्थी युनियनको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी भएको छ । असार ७ गते स्ववियु सदस्यद्वय किशोर भण्डारी र प्रतिक पोखरेलले तालाबन्दी गरेका हुन् ।
नेताद्वय भण्डारी र पोखरेलले स्ववियुको नियमित बस्नुपर्ने बैठक नबसेको, बैठक बोलाउन पटकपटक आग्रह गर्दा सभापति श्यामराज ओझाले नमानेको, संस्थागत कुनै पनि निर्णय बिनै सामाजिक सहयोगका नाममा रकम उठाएको लगायतका गम्भीर आरोप लगाउँदै स्ववियु कार्यालयमा तालाबन्दी गरेका हुन् ।
स्ववियुको बैठकमा हुनुपर्ने छलफल र बहस चिया पसलबाट सुन्नु पर्दा निकै दुःख लागेको उल्लेख गर्दै उनीहरुले यसकाबिरुद्ध उभिन सबैसँग आग्रह गरेका छन् ।
सभापति ओझाले तत्काल बैठक नबोलाएसम्म, आफ्नो प्रवृत्ति, गैरजिम्मेवार गतिविधि नसुधारेसम्म र गैर संस्थागत गतिविधि नसच्याएसम्म तालाबन्दी कायम रहने उनीहरुले चेतावनी दिएका छन् ।