टी–२० विश्वकप खेलेर फर्कियो नेपाली क्रिकेट टोली [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ असार ६ बिहिबार
648
Shares
काठमाडौँ । टी–२० विश्वकपमा खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । टोली बुधवार राति र बिहीबार बिहान गरी दुई वटा समूहमा बाँडिएर स्वदेश फर्किएको हो ।
कुशल भुर्तेल, सोमपाल कामी, आसिफ शेख, करण केसी र अविनाश बोहरा लगायतको समूह बुधवार राति १० बजे विमानस्थलमा ओर्लिएको थियो भने कप्तान रोहितकुमार पौडेल, दीपेन्द्र सिंह ऐरी, सागर ढकाल, सन्दीप जोरा लगायत बाँकी रहेका खेलाडी तथा अफिसियल आज आएका हुन् ।
टी–२० विश्वकप अन्तर्गत नेपालले तीन खेल खेलेको थियो । समूह डिमा रहेको नेपालले नेदरल्याण्ड, दक्षिण अफ्रिका र बङ्गलादेशसँग खेलेको थियो ।
सबै खेलमा नेपाल पराजित भएको थियो भने श्रीलंकासँगको खेल वर्षाका कारण रुद्ध हुँदा एक-एक अङ्क बाँडेको थियो