काठमाडौँ । जर्मनीले युरोकप खेल्ने टिमको घोषणा गरेको छ । प्रशिक्षक जुलियन नागेल्सम्यानले घरेलु मैदानमा हुने युरोकपका लागि २६ सदस्यीय टिमको घोषणा गरेका हुन् ।
जर्मनीको टिममा स्टार खेलाडी म्यट्स हुमेल्स टिमो वेर्नर, सेर्गी ग्नाब्री, लेओन गोरेत्ज्का टिममा परेका छैनन् ।
जुन १४ देखि शुरु हुने युरोकपमा जर्मनी समुह ए मा रहेको छ । समूह ए मा जर्मनीसहित स्कटल्याण्ड, हंगेरी र स्वीट्जरल्याण्ड रहेका छन् । जर्मनीले आफ्नो पहिलो खेल जुन १४ मा स्कटल्याण्डविरुद्ध खेल्ने तालिका रहेको छ ।