गिरीबन्धुको नाम सुन्दै झोँक्किए ओली, भने- बालेनलाई सोध्नुस् [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २१ सोमबार
987
Shares
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टिस्टेट प्रकरणबारे काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसँग सोध्न भनेका छन् ।
सोमबार संसद भवन बाहिर सञ्चारकर्मीहरूले गिरीबन्धु टि स्टेटको कुरा निकाल्ने बित्तिकै ओली झोकिँदै बालेनलाई सोध्न भनेका हुन् ।
गिरीबन्धु टि स्टेटको कुरा एकदम आइरहेको छ भन्ने प्रश्नमा अध्यक्ष ओलीले भने, ‘बालेनलाई सोध्नुस्’
सोमबार बालेनले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै ओलीलाई गिरीबन्धु टिस्टेटको घोटाला लुकाउन १० हजार करोडको काण्ड लुकाउन जनता नझुक्काउनु भन्दै आरोप लगाएका थिए।
बालेनले १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन सम्पूर्ण राज्य शक्ति लगाएर न्युरोडमा महानगरले बनाउन लागेको फुटपाथ फेरि सडक बनाउन लागेको आरोप लगाएका थिए ।