काठमाडौँ । गृह मन्त्रालय मातहतका २५ जना सहसचिव तथा प्रमुख जिल्ला अधिकारी सीडीओको बुधबार सरुवा भएको छ ।
मन्त्रालयबाट प्राप्त विवरणअनुसार हाल मन्त्रालय मातहतका विभिन्न निकायमा कार्यरत ११ जना सहसचिव र १४ सीडीओको जिम्मेवारी हेरफेर गरेको हो ।
मन्त्रालयका अनुसार उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको बुधबारको मन्त्रीस्तरीय निर्णयबाट राजपत्राङ्कित प्रथम श्रेणीका सीडीओहरुको पदस्थापन तथा सरुवा गरिएको हो ।
विपद् प्राधिकरणमा रहेका सहसचिव भरतमणि पाण्डेलाई कास्कीको प्रमुख जिल्ला अधिकारी (सीडीओ)मा सरुवा गरिएको छ । कास्कीका सीडीओ वासुदेव घिमिरेलाई गृहमा ल्याइएको छ ।