arrow

योजना तथा कार्यक्रममा नराखी ७६ अर्ब विनियोजन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १६ बुधबार
barsaman-pun-budget-2081.jpg

काठमाडौँ ।  सरकारले आगामी आर्थिक वर्ष २०८१-८२ का लागि अर्थ विविध शीर्षकमा करिब रु ७६ अर्ब बराबर विनियोजन गरेको छ ।

कुनै पनि वार्षिक योजना तथा कार्यक्रममा नराखेर अबण्डा राखिएको बजेट रकम रु ७५ अर्ब ९५ करोड तीन लाख बराबर छ । 

सरकारले आगामी आवका लागि रु १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट ल्याउँदा कूल विनियोजनको चार दशमलव आठ प्रतिशत अर्थ विविध शीर्षकमा राखेको हो । 

अर्थ विविध शीर्षकको रकम धेरै देखिनुलाई आर्थिक अनुशासनका हिसाबले राम्रो ठानिँदैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ