स्रोत जुटाउन पुरानै बाटो, पेट्रोलियम पदार्थमा थपियो कर
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १५ मंगलबार
1.1k
Shares
तस्बिर : फाइल
काठमाडौँ। सरकारले बजेटमा स्रोत जुटाउन अत्यावश्यक वस्तुमा कर थप्ने पुरानै बाटोलाई निरन्तरता दिएको छ। सोही अनुसार पेट्रोलियम पदार्थमा हरित करको नाममा छुट्टै कर लगाइएको छ।
मङ्गलवार अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट प्रस्तुत गर्दै यस्तो कर लगाउने घोषणा गरेका हुन् ।
अहिले सरकारले कार्बन उत्सर्जन र प्रदूषण गर्ने भन्दै यसमा अन्तःशुल्क लगाउँदै आएको छ । यसमाथि हरित करकाृ नाममा छुट्टै कर लगाइएको हो । त्यस्तै, सुर्ती, चुरोट मदिरा लगायतमा समेत सरकारले थप कर लगाएको जनाएको छ ।
यद्यपि कुन वस्तुमा कति कर लगाइएको उल्लेख गरिएको छैन । करको दरबारे प्रतिनिधिसभामा पेस गरिने आर्थिक विधेयकमा उल्लेख हुनेछ।