arrow

जल स्रोत तथा सिंचाईतर्फ ३० अर्ब ८१ करोड विनियोजन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १५ मंगलबार
Ministry-of-Irrigation.jpg

काठमाडौँ । कृषि उत्पादन वृद्धि गर्न आगामी वर्ष कुल १५ हजार ५ सय ७१ हेक्टर जमिनमा सिंचाई सेवा बिस्तार गर्ने सरकारको घोषणा गरेको छ ।

मंगलबार संसदमा आर्थिक वर्ष २०८१-०८२ को बजेट पेश गर्दै अर्थमन्त्री पुनले यस्तो घोषणा गर्नुभएको हो । उनले जल स्रोत तथा सिंचाईतर्फ ३० अर्ब ८१ करोड विनियोजन गरेको बताए ।

 उनले रानी जमरा सिंचाई अन्तर्गत प्रथम चरणको १४ हजार ३ सय हेक्टरमा शाखा नहर बनाएर सिंचाई सुविधार बिस्तार गरिने बताए । उनले यो आयोजनाको लागि २ अर्ब ८७ करोड विनियोजन गरेको उल्लेख गरे । 

उनले मध्ये तराईका पाँच जिल्लामा ५ लाख २२ हजार हेक्टर जमिनमा भरपर्दा सिंचाई सुविधा पुराउन सुनकोशी मरिण सिंचाई आयोजनाको हेडवक्स पावर हाउस निर्माण गर्न ३ अर्ब १२ करोड बजेट विनियोजन गरेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ