रोजगारीका नाममा दुई लाख कार्यकर्तालाई पैसा बाँड्न छ अर्ब विनियोजन
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १५ मंगलबार
893
Shares
काठमाडौँ । सरकारले दुई लाख जनालाई १०० दिनको रोजगारी दिन भन्दै ६ अर्ब रुपैयाँ विनियोजन गरेको छ । यसअघि प्रधानमन्त्री रोजगार कार्यक्रमको नाममा रहेको उक्त कार्यक्रमलाई आगामी आर्थिक वर्ष कुनै नाम नदिइ यस्तो विनियोजन गरिएको हो ।
यसअघि यस्तै कार्यक्रममा रकमको व्यापक दुरुपयोग भएको भन्दै आलोचना हुँदै आएको थियो । बजेटमा स्थानीय पूर्वाधार निर्माण तथा मर्मतका लागि प्रयोग गरिने उल्लेख गरिएको छ । यसअघि कार्यकर्तालाई पैसा बाँडेको आरोप थियो ।