काठमाडौँ । सरकारी कार्यालयहरुमा अबदेखि विदेशी गलैँचा प्रयोग गर्न नपाइने भएको छ । संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो व्यवस्था गरेका हुन् ।
अहिले बजेटमा नेपाली वा विदेशी जुनसुकै गलैँचा प्रयोग गर्न पाइन्थ्यो । नेपाली गलैँचा विदेशी भन्दा तुलनात्मक रुपमा महँगो छ ।