arrow

कृषिमा लगानी दशकको घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १५ मंगलबार
barshaman-81-2-15w.jpg

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी १० वर्षलाई कृषिमा लगानी वर्ष घोषणा गरेका छन् । 

मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले आगामी १० वर्षलाई कृषिमा लगानी वर्ष घोषणा गरेका हुन् ।

उनले सरकारी र निजी जग्गालाई स्थानीय तहमा सूचीबद्ध गरेर खेतीयोग्य जमीन बनाउने घोषणा गरेका छन् ।

कृषि बालीको विकासका लागि उन्नत बिउको वितरण गर्ने कार्यक्रम ल्याएको बताउदै प्रधानमन्त्री कृषि आधुनिकरणका लागि २ अर्ब ९८ करोड बजेट बिनियोजन गरेको बताएका छन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ