सरकारले नेपालमै बनाइएका सफ्टवेयर किन्ने, मेड इन नेपाल र मेक इन नेपाललाई प्राथमिकता
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १५ मंगलबार
755
Shares
काठमाडौँ । सरकारले सरकारी निकायमा प्रयोग हुने सफ्टवेयरहरु नेपालमै बनाइएका प्रयोग गर्ने भएको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो व्यवस्था गरेका हुन् ।
नेपालले अहिले वार्षिक ६७ अर्ब रुपैयाँ बराबरको सफ्टवेयर निर्यात गरेको छ । नेपालमा भने वार्षिक अर्बौं खर्च हुँदा नेपालकै सफ्टवेयर सस्तो र भरपर्दो रुपमा प्रयोग गर्न सकिने विकल्प प्रस्तुत गरिएको थियो ।
सरकारले मेड इन नेपाल र मेक इन नेपाललाई प्राथिमकता दिने भएको हो ।