काठमाडौँ । सरकारले आगामी वर्षदेखि गाँजा खेती शुरु गर्ने भएको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले उक्त बजेट प्रस्तुत गरेका हुन् ।
अर्थमन्त्री पुनले औषधि प्रयोजनको लागि गाँजा खेती खुला गर्ने बताउँदा सांसदहरुले ताली बजाएर स्वागत गरेका थिए ।
सरकारले अघिल्लो वर्ष गाँजा खेतीका लागि अध्ययन गर्ने बजेटमा उल्लेख गरेको थियो । यो वर्ष भने औषधि प्रयोजनको लागि उत्पादन नै खुला गर्ने निर्णय गरेको हो ।