काठमाडौँ । सरकारले रासायनिक मल किन्न २७ अर्ब ९५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले उक्त बजेट प्रस्तुत गरेका हुन् ।
अघिल्लो वर्ष सरकारले मलका लागि ३० अर्ब रुपैयाँ विनियोजन गरेको थियो । यो वर्ष सरकारले मलमा दिँदै आएको अनुदान घटाएको हो ।