arrow

प्रधानमन्त्रीको दबाबमा योजना आयोगले बढायो बजेटको सिलिङ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १५ मंगलबार
prachanda-pm-12-22.jpg
तस्बिर : फाइल

काठमाडौँ। राष्ट्रिय योजना आयोगले बजेटको निर्धारित सिलिङ बढाएको छ। यसअघि १८ खर्ब रुपैयाँको बजेट सिलिङ दिएको आयोगले सोमबार सिलिङ बढाएर १९ खर्ब रुपैयाँ पुर्‍याउने निर्णय गरेको हो। 

आयोगले गरेको उक्त निर्णय मङ्गलवार प्रधानमन्त्रीको अध्यक्षतामा बसेको योजना आयोगको बोर्डको पूर्ण बैठकबाट पारित भएको छ।  बैठकले मध्यकालिन खर्च संरचना तथा वार्षिक विकास कार्यक्रम स्वीकृत गरेको छ। योसँगै सरकारलाई १९ खर्बसम्मको बजेट ल्याउने बाटो खुला भएको छ। यसरी सिलिङ बढाउनुमा प्रधानमन्त्री पुष्पकमल दाहालकै दबाब रहेको बताइन्छ। 

योजना आयोगले सिलिङ निर्धारण गरे पनि अर्थ मन्त्रालयले यसअघि पनि सिलिङ क्रस गर्दै आएका थिए । अहिले सिलिङ बढाउनुले बजेटको आकार थप बढाइएको अनुमान छ।

नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिमा लचकताले अपनाएकोले चालु आर्थिक वर्ष राजस्व बढ्ने, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आन्तरिक ऋणको सीमा बढाएको तथा वैदेशिक सहायता प्रतिबद्धता राम्रो देखिएको भन्दै १ खर्ब रुपैयाँ सिलिङ थपिएको आयोगको तर्क छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ