arrow

सभामुख र राष्ट्रिय सभा अध्यक्षले अर्थमन्त्रीसँग मागे अतिरिक्त बजेट

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ९ बुधबार
Parliament_building.png

काठमाडौँ । सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले नयाँ आर्थिक वर्षका लागि अर्थ मन्त्रालयसँग थप बजेट माग गरेका छन् । बुधबार संघीय संसद सचिवालयमा बोलाएर यस्तो माग गरिएको हो । 

छलफलमा सभामुख घिमिरे, अध्यक्ष दाहालको अतिरिक्त उपसभामुख इन्दिरा राना र दुवै सदन अन्तर्गतका सबै समितिका सभापतिहरु सहभागी थियो । उक्त छलफलमा संसदलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्न थप बजेट आवश्यकता भएको भन्दै बजेट बढाउन आग्रह गरिएको थियो ।

खासगरी कार्यालय भन्दा बढी समयमा काम गर्ने कर्मचारीलाई अतिरिक्त भत्ता तथा अन्य कार्यसञ्चालन खर्चका लागि बजेट थप्नुपर्नेमा ती अधिकारीहरुको जोड थियो । 

छलफलमा अर्थमन्त्री पुनले इलेक्ट्रिोनिक हाजिरीका आधारमा अतिरिक्त काम गरेका कर्मचारीलाई अतिरिक्त भत्ता दिने व्यवस्था गरिने आश्वासद दिए । स्रोतको अभावका कारण अरु बजेट थप्न भने समस्या रहेको उनले सुनाएका थिए । 

यही जेठ १५ गते सरकारले बजेट ल्याउँदैछ । सरकारले ल्याउने उक्त बजेटले संघीय सरकार अन्तर्गत राष्ट्रपति कार्यालयदेखि अदालत र संघीय संसदलाई समेत बजेटको व्यवस्था गर्छ । यही सन्दर्भमा संसदले आफ्नै कार्यसञ्चालनका लागि थप बजेटको माग गरेको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ