arrow

बेल्टार बसाहा नपाद्वारा दमकल सेवा सुरु

logo
प्रकाशित २०७३ मंसिर १४ मंगलबार
fire-brigade.jpeg
गाईघाट । उदयपुर जिल्लाको पूर्वी क्षेत्रमा अवस्थित बेल्टार बसाहा नगरपालिका हाल प्रश्तावित (चौदण्डी नगरपालिका) ले भविष्यमा हुने सक्ने आगलागीको नियन्त्रण गर्नको लागि औपचारिक रुपमा दमकल सेवा सुरु गरेको छ । बेल्टार बसाहा नगरपालिकाको लामो प्रयासपछि भर्खरै सङ्घीय मामला तथा स्थानीय विकास मन्त्रालयबाट नगरपालिकालाई एउटा दमकलको व्यवस्था भएपछि दमकल आफूहरुले जिम्मा लिएर सुचारु गर्ने कार्य सुरु गरेको नगरपालिकाका कार्यकारी अधिकृत विकास सुन्दासले बताए । 
 
बेल्टार बसाहालगायत जिल्लाको पूर्वी क्षेत्रमा प्रत्येक वर्ष यसअघि दमकलको अभावमा आगलागी हुने गरेका कारण धेरै धन सम्पत्तिको क्षति हुने गरेको नगरपालिकाले जनाएको छ । 
 
नगरपालिकाको दमकल नहुँदा आगलागीको समयमा छिमेकी जिल्ला सप्तरीको राजविराजको दमकलको भरपर्दै आउनु परेको भए तापनि अब दमकल व्यवस्था भएका कारण भविष्यमा हुनसक्ने आगलागी नियन्त्रण गर्न नगरपालिकालाई सहज हुने नगरपालिकाका कार्यकारी अधिकृत सुन्दासले बताए । 
 
प्राप्त दमकलसहित अन्य दमकल र एम्बुलेन्स छिमेकी देश भारतले उसको ७० औँ गणतन्त्र दिवसको अवसरमा नेपाल सरकारलाई धेरै हस्तान्तरण गरेको थियो । 
 
स्मरण रहोस्, सात वर्षअघि नै जिल्लाको त्रियुगा नगरपालिका गाईघाटले भने तत्कालीन समयमा रु ६४ लाखको लगानीमा दमकलको व्यवस्था गरिसकेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ