arrow

एमाले बाँकेको अध्यक्षमा गुरुङ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ७ सोमबार
uml-flag.png

नेपालगञ्ज ।  नेकपा (एमाले) बाँकेको अध्यक्षमा नीरक गुरुङ विजयी भएका छन् । 

नयाँ कार्यसमितिका लागि भएको आइतबार भएको निर्वाचनको आज विहान सार्वजनिक मतपरिणामअनुसार गुरुङले दुई सय ९१ मत प्राप्त गर्दा प्रत्यासी डिल्ली बिसीले एक सय ५४ मत पाए । 

शुक्रबारदेखि चलेको नवौँ अधिवेशनमा सर्वसम्मत चयनको प्रयास गरे पनि सहमति नहुँदा निर्वाचन भएको थियो । कार्यसमितिको उपाध्यक्षमा रत्न खत्री विजयी भए । 

उनले तीन सय १३ मत प्राप्त गरे । उन लुम्बिनी प्रदेश सरकारको सामाजिक विकासमन्त्रीसमेत छन् । 

सचिवमा बलराम भट्टराईले एक सय ३९ मत प्राप्त गरी विजयी भए भने उपसचिवमा महिलातर्फ निर्मला सुनार र खुलातर्फ किशोर थापा निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत सुनिता शर्माले जानकारी दिइन्। 

कूल चार सय ६६ मतदाता रहेकोमा चार सय ५८ मत खसेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ