सहकारी ठगी प्रकरणविरुद्ध माइतीघरमा प्रदर्शन [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ६ आइतबार
795
Shares
काठमाडौँ । सहकारी ठगी प्रकरणविरुद्ध नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विरोध प्रदर्शन गरेको छ । नेविसंघले केही दिनदेखि सहकारी ठगीका दोषीलाई कारबाही गर्न माग गर्दै प्रदर्शन गर्दै आएको छ ।
माउ पार्टी नेपाली कांग्रेसले लामो समयदेखि सहकारी ठगी प्रकरणमा छानबिन गर्न संसदीय समिति बनाउन माग गरिरहेको छ । यसमा गृहमन्त्री रवि लामिछाने प्रत्यक्ष जोडिएका छन् भने उनीविरुद्ध छानबिन गर्न पनि समिति बनाउन कांग्रेसले माग गर्दै आएकामा समिति बन्ने भए पनि व्यक्ति तोक्न नहुने भनी सत्ताधारी दलहरुले भनेसँगै विवाद उत्पन्न भएको छ ।