arrow

प्रशिक्षार्थी कल्याण समिति गठन

logo
प्रेम रौले,
प्रकाशित २०७३ मंसिर १३ सोमबार
Bajura-hamrakura.jpg.jpeg.jpeg
बाजुरा । जिल्लाको नमुना विद्यायलका रुपमा स्थापित भएको मालिका उच्च माद्यमिक विद्यालयमा सोमबार प्रशिक्षार्थी कल्याण समिति गठन गरिएको छ । विद्यार्थीका हक अधिकारका मागलाई सम्बोधन गर्न र उनीहरुको मागहरुको वकालग गर्नका लागि उक्त समिति गठन गरिएको हो । प्राविधिक कक्षामा अध्ययनरत रहेका विद्याथीहरुको गुनासो र प्राविधिक अर्थात सव ओभरसियर  र ओभरसियरमा अध्ययनरत विद्याथीहरु समिति गठन गरिएको बताइएको छ ।
 
प्रशिक्षार्थी कल्याण समितिमा नरेशराज गिरी अध्यक्ष रहने गरी कल्याण समिति गठन गरिएको हो जसमा उपाध्यक्ष तिलक थापा सचिव राजेन्द्र राना,कोषाध्यक्ष ललिता रोकाया, सहसचिव  रमेश थापा लगायत १३ जना सदस्यीय समिति गठन गरिएको प्राविधिकमा अध्ययनरत विद्यार्थीले बताएका छन् । उनीहरुको अधिकारलाइ प्रत्याभुति र पढाइमा बाधा आएमा बेला सहयोग गर्न सम्वन्धित निकायलाइ जवाफदेहिता बनाउने,आर्थिक कमजोर भएका विद्यार्थीका लागि समितिले सहयोग गर्ने कल्याण समितिको उद्देश्य रहेको बताइएको अध्यक्ष गिरीले जानकारी दिए  । 
 
जिल्लामा एक मात्र प्राविधिक अर्थात ओभरसियर पढाइ हुने मालिका उच्च माद्यमिक विद्यालयमा एक सय ६० जनाले अध्ययन गर्दै आइ रहेको विदालयका प्राचार्य शुभराज पाध्यायले बताए । विद्यालयले २०६७ साल देखि सव  ओभरसियर र २०७१ देखि ओभरसियरको पढाइ संचालन गर्न प्राविधिक शिक्षालयबाट मान्यता पाएको छ । यससंगै भानोदय उच्च माद्यमिक विदालयमा माध्यमिक तहमा कृषि प्राविधक पढाइ हुने गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ